News Griha :: न्यूजगृह
बसको ठक्करबाट पोखरामा एकको मृत्यु

पोखरा— पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको शुक्रबार बिहान मृत्यु भएको हो । ग१ख ७१०८ नंको बसले ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । 

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:२२
Weather Update