News Griha :: न्यूजगृह
महाभूकम्प सम्झँदै बालेन भन्छन्– अफ्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस्

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्द्र भएर गएको ७.६ म्युाग्नीच्युटको महाभूकम्पको स्मरण गर्दै आगामी दिनमा भूकम्पजस्ता महाविपत्तीबाट बच्न तथा बचाउन पूर्वतयारी आवश्य रहेको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्भावित भवितव्य, प्राकृतिक प्रकोपबाट बाँच्न तथा बचाउन पूर्वतयारी नगरिएको बताएका छन् ।

‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ । फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी गरेका नै छैनौँ । दुर्घटनाहरू सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो । अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने हो । सार्वजनिक ठाउँहरू खुल्ला राख्नु पर्ने हो,’ मेयर बालेन भन्छन्,‘ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ । काठमाण्डौ महानगरको नीति यति मात्रै हो । ’

सम्भावित भवितव्य, प्राकृतिक प्रकोप हुँदा खुला ठाउँ चाहिने भन्दै त्यसका लागि काठमाडौंलाई तयार पार्नुपर्ने बताए । उनले भने,‘जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ ।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १०:०३
Weather Update