लीलादेवी गडतौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायकी वरिष्ठतम् सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन्।
सोमबार बसेको क्याबिनेट बैठकमा उनी मुख्य सचिव बस्ने स्थानमा बसेकी छिन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार मुद्दा दायरसँगै उनी स्वतः निलम्बित भएका छन्। अर्याल स्वतः निलम्बनमा परेपछि गडतौलाले निमित्त मुख्य सचिवको भूमिका निर्वाह गरेकी हुन्।
मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१ १०:३५













