काठमाडौं— श्री एअरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडानमा सफलता पाएको छ।
बिहीबार बिहान काठमाडौंबाट उडेको श्री एअरको ‘क्यु४०० ड्यास८’ कल साइनको विमान भरतपुर विमानस्थल अवतरण गरेको हो।
उक्त जहाजमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू सवार रहेका थिए।
साथै नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एअरलाइन्स रहेको छ।
उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्री एअरका प्रवन्ध निर्देशक सुधिर मितलले जानकारी दिए।
हाल काठमाण्डौं–भरतपुर र पोखरा–भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आइरहेकोमा अब श्री एअर पनि प्रतिष्पर्धामा आउन लागेको हो।
उक्त विमानको क्षमता ८० सिट रहेको छ।
साथै सो अवसरमा गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले निर्माणाधीन टर्मिनल भवनको पनि निरीक्षण समेत गरेका छन्।