News Griha :: न्यूजगृह
प्रहरी जवान आत्महत्या घटनामा एक जना पक्राउ

काठमाडौं—  जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन्।

जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्।

उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख घर भई बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन्। 

जिल्ला प्रहरी कार्यालय ,सिराहामा ल्याएर उनीविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २१:०९
Weather Update