News Griha :: न्यूजगृह
साेमबार यस्तो छ तपाईंको राशिफल

११ वैशाख २०८०, सोमबार । वैशाख शुक्ल चतुर्थी तिथि । पञ्चाङ्ग शोभन विष्टि/भद्रा मृगशिरा । आज लोकतन्त्र दिवस । मत्स्यन्द्रनाथ रथ यात्रा प्रारम्भ र आद्यगुरु शंकराचार्य जयन्ती पनि आजै परेको छ । यस्तो दिनमा तपाईंको राशिफल यस्तो छ । 

मेष

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिने छ । रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुने छन् ।

वृष

पढाइ लेखाइमा प्रगति हुनेछ । वुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुने छ ।

मिथुन

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना सफल होलान । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने छ ।

कर्कट

व्यापार व्यवसायमा विशेष फाइदा हुने छ । प्रतिस्पर्धी पराजित हुने छन् । सोचेभन्दा आम्दानी बढ्ने छ । सहयोगीहरूले पनि साथ दिने छन् र काममा सोचेजस्तै सफलता मिल्ने छ ।

सिंह

विगतको श्रमबाट प्रशस्त धन लाभ हुने छ । पठनपाठनमा प्रगति हुने छ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ ।

कन्या

पारिवारिक सम्बन्धमा सुधार आउने छ । मनग्य धन आर्जन हुनेछ । साथीभाईसँग रमाइलो भेटघाट हुने छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने छ ।

तुला

पतिपत्नीबीच सम्बन्धमा सुधार आउने छ । व्यवसायतर्फ सामान्य आम्दानी भइरहने छ । सुखद् समाचारले अझ उत्साह बढ्ने छ ।

वृश्चिक

ठूला व्यक्तिको विशेष सहयोग जुट्ने छ । परिवारबीच आत्मीय भाव बढ्ने छ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रशस्त लाभ मिल्ने छ ।

धनु

पढाइ लेखाइमा प्रगति हुने छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ । कामबाट प्रतिष्ठा मिल्ने छ । काम गर्ने मनोबल र उत्साह बढ्ने छ ।

मकर

सोच्ने शक्ति बढ्ने छ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले काममा साथ दिने छन् । व्यापार व्यवसायबाट राम्रै फाइदाको योग छ ।

कुम्भ

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पारिवारिक भेटघाटले खुसियाली छाउने छ ।

मीन

नयाँ कामको प्रस्ताव आउने छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले साथ दिने छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०५:५३
Weather Update