राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं— भारतको नयाँ दिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आइतबार स्वास्थ्य सुधारको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
उनको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।
राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० २०:२९