News Griha :: न्यूजगृह
मोटरसाइकल दुर्घटनामा घाइते भएका कीर्तिपुर– ४ का वडाध्यक्ष अधिकारीको निधन

काठमाडौं— कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् । 

अधिकारी यही वैशाख १ गते वडा नं–४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उनी चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक दुर्घटनामा भएको थियो । 

टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनी गतवर्ष ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र  उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।  

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:०९
Weather Update