सुनसान काठमाडौं [तस्बिरहरू]
आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।
आज काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधन पातलिएका छन् ।
















प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० ०९:३३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






