News Griha :: न्यूजगृह
पाल्पामा बस दुर्घटना, एकको मृत्यु
तस्बिर : रेखीराम राना/गाेरखापत्र।

काठमाडौं— पाल्पाको जोरधारामा आइतबार बिहान बस दुर्घटना भएको छ।

दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। २० घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन।

गम्भीर घाइते उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए।

आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो। उद्धार गरी लुम्बिनी मेडिकल कलेज पुर्‍याइएका २० घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। 

बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ११:५८
Weather Update