News Griha :: न्यूजगृह
सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं— अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् ।

उनी बिहीबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ ।

स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरूमा विशेष जोड दिएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २२:०४
Weather Update