काठमाडौं— प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।
एक समारोहका बीच सेन्टरका सञ्चालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख व्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी पत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमामा पेस गर्नुपर्ने छ ।
नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमाले स्तरीय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
स्वास्थ्यप्रति जागरुक नागरिकहरूका लागि सेन्टरमा परामर्श तथा उपचार सेवाहरूमा १० देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।
प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।