News Griha :: न्यूजगृह
पूर्वराष्ट्रपति भण्डारीले गरिन् राष्ट्रपति पौडेलको स्वास्थ्यलाभ कामना

काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँ दिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभ कामना गरेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस संयोजन सोम राईले जानकारी दिए ।

राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए । उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको  छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २१:२३
Weather Update