News Griha :: न्यूजगृह
ईपीएसलाई सरकारको प्रश्नैप्रश्न

काठमाडौं— सरकारले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई भाडाबारे स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ईपीएस कोरिया शाखालाई स्पष्टीकरण सोधेको हो । किराँतीले स्पष्टीकरण सोधेर कोरिया जाने हवाई टिकट किन अत्यधिक महँगो भएको भन्दै त्यसकाे लिखित जवाफ माग गरेका छन् ।

‘ईपीएसबाट कोरियन एअरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ?, प्रतिव्यक्ति नाफा कति आउँछ ? कति प्रतिशत बढाउन पाउने नियम छ ?’ लगायतका प्रश्न सोधिएको मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘कोरियन एअरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ ? समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ?’ त्यसको पनि जवाफ माग गरिएको किराँतीले बताए ।

त्यस्तै कोरियन एअरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ । कोरियन एअरलाइन्सले किन अत्यधिक भाडा लिएको त्यसको जवाफ पनि माग गरिएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १८:५४
Weather Update