News Griha :: न्यूजगृह
दाइजोको निहुँमा धनुषामा एक महिलामाथि अत्याचार 

धनुषा— दाइजो नदिएको भन्दै परिवारले धनुषामा श्वेता झालाई आगो लगाएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका— २० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्यहरू मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले भनिन, ‘ विवाह भएको १० वर्ष बितिसकेको छ, दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरूले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए, अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’ 

श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:००
Weather Update