६० हजार रुपैयाँसहित काठमाडौंबाट ७ जुवाडे पक्राउ

काठमाडौं— काठमाडौं प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका १४ लामपाटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना शुक्रबार राति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नुवाकोट घर भएका ४० वर्षीय किरण राना मगर लगायत छन्। अन्यको परिचय प्रहरीले खुलाएको छैन।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई ६० हजार ३ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ २०:४६













