News Griha :: न्यूजगृह

उपत्यकाको निकै पुरानो र सम्भवतः देशकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा सुरु हुन लागेको छ। वर्षा तथा सहकालका देवताका रूपमा मनाइने जात्रा हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथी सम्म चल्छ। ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरु भएको छ। 

यो जात्रा किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने जात्राको अन्त्य असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत सम्पन्न गरिन्छ। भोटो देखाउने परम्परामा विभिन्न किंवदन्ती तथा लोकगाथाहरू रहेका छन्। त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ।

यो जात्रा सुरु भएको ठ्याक्कै यकिन गर्न सक्ने मिति नभए पनि १६ सय वर्ष पुरानो संस्कृतिको रूपमा हेर्ने गरिन्छ। जात्रालाई सुरुमा नेवारहरूको जात्राका रूपमा हेरिँदै आइए पनि अहिले उत्सवका रूपमा अन्य जातजाति तथा सम्प्रदायका मानिसले पनि मान्न थालेका छन्। ३२ लक्षणले युक्त मछिन्द्रनाथको रथयात्राको लागि ३२ फिट अग्लो पाँच तले रथ निर्माण हुन्छ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:०३
Weather Update