News Griha :: न्यूजगृह
क्यानडा जाने सोचमा हुनुहुन्छ? यी विषयमा राख्नुहोस् जानकारी 

काठमाडौं— पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीहरुको शैक्षिक र रोजगारीको गन्तव्य बन्दै आइरहेको छ।

नेपालमा बढ्दो चरम बेरोजगारीका कारण त्यहाँ पुग्ने गरेका नेपालीहरुले दुःख समेत पाइरहेका छन्। 

नेपालमा क्यानडा पठाउने कन्सल्टेन्सीहरुको मात्र भरमा परेर त्यहाँ पुगेपछि नेपालीहरुले दुःख पाएको भन्दै क्यानडास्थित नेपाली दूतावासले विद्यार्थीहरुलाई सचेत गराएको छ।  

Prabhu Bank

सामाजिक सञ्जालको विज्ञापनको भरमा मात्रै त्यहाँ पुग्दा दुःख पाइने भन्दै दूतावासले क्यानडा आउनु अघि आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध  र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गर्न आग्रह गरेको छ।  

त्यस्तै त्यहाँ धेरै नेपालीहरुले कोठा खोज्दा समस्या हुने र कोठा पाइसकेपछि पनि विभिन्न किसिमका समस्याहरु पर्ने गरेको उल्लेख गर्दैै डेरा खोज्दा घरमालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्ने दूतावासले जनाएको छ।  

त्यस्तै आफ्ना विद्यार्थीहरु त्यहाँ रहँदासम्मको अवधिभरका लागि शैक्षिक शुल्क, खाने बस्ने खर्चको व्यवस्था गरेर मात्र पठाउन अभिभावकहरुलाई आग्रह गरिएको छ। साथै आफ्ना छोराछोरी त्यहाँ के गर्दैछन्? र कस्ता समस्याहरुसँग जुधिरहेका छन्बारे जानकारी लिएर मनोवैज्ञानिक र आर्थिक सहयोग गर्न समेत दूतावासले आग्रह गरेको छ। 

क्यानडा पुग्ने बित्तिकै रोजगारी पाइहालिन्छ भन्ने भ्रम धेरै अभिभावकहरुमा हुने गरेको भन्दै दूतावासले रोजगारी नपाउन्जेलको लागि आवश्यक खर्चको प्रबन्ध गरेर पठाउन समेत आग्रह गरेको छ।  

‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के–कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।’ 

त्यस्तै कार्यस्थलमा हुने ठगी, दुर्व्यवहार तथा श्रम शोषण भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत दूतावासको आग्रह रहेको छ। साथै त्यहाँ पैदल हिँड्दा होस् या सवारी चलाउँदा त्यहाँको ट्राफिक नियम बुझेर मात्र सवारी चलाउन दूतावालसले आग्रह गरेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:२३
राजनीति
विशेष
Weather Update