News Griha :: न्यूजगृह
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ जना घाइते 

मकवानपुर— मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

पूर्व—पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल खसेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १९:१०
Weather Update