News Griha :: न्यूजगृह
सप्तरीको महादेवामा भीषण आगलागी, आगो निभाउन ३ वटा वारुणयन्त्र प्रयोग

सप्तरी— सप्तरीको महादेवा गाउँपालिका-१ मा भीषण आगलागी भएको छ। आगलागीले बस्ती नै सखाप पारेको छ। आगो निभाउन ३ वटा वारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन।

वडाध्यक्ष जयकिशोर दासका अनुसार २ सयभन्दा बढी घरटहरा जलेका छन् र त्यसक्रममा २ सय भन्दा बढी परिवार विस्थापित भएका छन्। 

Prabhu Bank

अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए। स्थानीय र सुरक्षा निकायले आगो निभाउने प्रयास गरिरहेका छन्। 

आगलागीबाट केही पशुचौपायासमेत मरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:२५
Weather Update