News Griha :: न्यूजगृह
होस्टलहरुमा लागुऔषध र मदिरा निषेध गर्न माग

काठमाडौं— नेपाल होस्टल एसोसिएशनका अध्यक्ष अर्जुन पराजुलीले सरकारी कार्यालय, कलेज, अस्पतालहरु जस्तै होस्टलहरुमा पनि लागुऔषध र मदिरा निषेध गर्नुपर्ने बताएका छन्। 

मंगलबार नेपाल होस्टल एसोसिएशनको केन्द्रीय कार्यसमितिको ११औंँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले निजी क्षेत्रमा सञ्चालित छात्रावासहरुलाई मर्यादित, व्यवस्थित, सुरक्षित र निर्भिक बनाउँदै व्यवसायीहरुले तिर्दै आएको घरबहाल कर घरधनीले नै तिर्नुपर्ने नीतिगत व्यवस्था गर्न काठमाडौं महानगरलाई मागपत्र बुझाएर निरन्तर ताकेता गरिरहेको बताए। 

Prabhu Bank

उनले भने, ‘सरकारी कार्यालय, कलेज, अस्पतालहरु जस्तै होस्टलहरुमा पनि लागुऔषध र मदिरा निषेधित क्षेत्र स्थापित गर्न निजी क्षेत्रमा सञ्चालित छात्रावासलाई व्यवस्थित, मर्यादित र सुरक्षित र निर्भिक बनाई होस्टलहरु व्यवस्थापनमा एकरुपता बनाउने उद्देश्यले २०८० वैशाख ६ गते होस्टल व्यवसायहरुले तिर्दै आएको घरबहाल कर धरधनीले तिर्नुपर्ने नीतिगत व्यवस्था गरिदिन, होस्टल व्यवसाय शौक्षिक क्षेत्र भएकोले सोही अनुरुप व्यवसाय करमा अधिकतम छुटको व्यवस्थ गर्न र काठमाडौं महानगर भित्रका घरहरुको घरबहाल कर क्षेत्रगत रुपमा निर्धारण गरी कार्यान्यन गराउन डेनिमेशनसहित लिखित माग पत्र दर्ता गराएका छौं र त्यसको कार्यान्वयका लागि निरन्तर ताकेता गरिरहेको छु।’

काठमाडौं महानगरसँगको पटकपटकको छलफलपछि छात्रावास (होस्टल) संचालन मापदण्ड २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्न सफल भएको उल्लेख गर्दै उनले राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८० कार्यन्वयनका लागि पहल गरिरहेको बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:०२
Weather Update