साढे २ करोड मूल्य बराबरको कोकिनसहित दुई जना पक्राउ
काठमाडौं— लागूऔषध कोकिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले १ केजी ८० ग्राम कोकिनसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याका ६३ वर्षीय पिलिसिलावान्जाएन्ड्रिटुलाई पक्राउ गरेको हो ।
रविन्द्रकुमार ठमेलस्थित एक होटलबाट पक्राउ परको हुन भने एन्ड्रिटुलाई ठमेलस्थित नै अर्को होटलबाट पक्राउ गरी ब्युरोले बिहीबार सार्वजनिक गरेको हो ।
बरामद कोकिनको अन्दाजी मूल्य २ करोड ३३ लाख २८ हजार पर्न आउँछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १६:०१