News Griha :: न्यूजगृह
भेरी नदीमा बेलिब्रिज भाँचिदा चारको मृत्यु, चार घाइते

जाजरकोट— भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भइ उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए । 

मृतकको ठेगाना खुलेको छैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:०८
Weather Update