लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष पक्राउ

महोत्तरी— जलेश्वर नगरपालिका वडा नम्बर १२ का पूर्ववडाध्यक्ष रामतपेश्वर ठाकुर लेनदेन मुद्दामा पक्राउ परेका छन् । उनी पाँच वर्षदेखि फरार थिए ।
२०७५ सालमा उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले कैद सजाय तोकेको थियो । उनी ०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० १३:५५