News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए अनुमति 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन्।

गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन्। 
 
इलाम क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा र बझाङ १ (१) मा हुने प्रदेश सभाको निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।

Prabhu Bank

सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले  संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति दिएका हुन्। 

आगामी वैशाख १५ गते शनिबार इलाम क्षेत्र नं २ र बझाङ १(१) मा उपनिर्वाचन हुँदैछ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:३०
Weather Update