News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

मित्रराष्ट्र कतारका अमिर (राजा)  शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फिर्ता भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कतारका राजा थानीलार्ई बिदाइ गरेका हुन्।  
 
बिदाईका क्रममा अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव बैकुण्ठ अर्याललगायत उपस्थित रहेका थिए। 

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:२५
Weather Update