सुडानमा द्वन्द्व : कस्तो छ नेपाली सुरक्षाकर्मीको अवस्था ?

काठमाडौं— अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् ।
नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
केही समयदेखि सुडानमा भएको हिंसात्मक घटनामा हालसम्म १८५ जनाको ज्यान गइसकेको छ भने १ हजार ८ सय जना घाइते भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० २०:५५