News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यलाभको कामना

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो ।

पौडेलकाे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार जारी छ ।

राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको भारतीय दूतावासले जनाएको छ ।

india1681912020.jpg

  

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १९:३४
Weather Update