News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदूषित शहर

काठमाडौं— काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार काठमाडौं उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ। आज काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ। 

Prabhu Bank

पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ। यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

प्रदूषण मापनमा शून्यदेखि  ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआई लाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ। १०१ देखि १५० सम्मलाई हुनुलाई श्वासप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थकर रुपमा लिइन्छ। 

२०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ। 

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:३६
Weather Update