News Griha :: न्यूजगृह
महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किए, तीन जनाको मृत्यु

काठमाडौं— महोत्तरीको गौशाला नगरपालिका— १  मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बा३ ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक सिरहा कल्याणपुर नगरपालिका घर भएका २६ वर्षीय अमृत मण्डल, उनकै श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ५ वर्षीया अंशु मण्डलको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालक फरार छन् ।

प्रहरीले उनको खोजी गरिरहेको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:२३
Weather Update