News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
डढेलो गाउँमा सल्कँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घरगोठ जले

काठमाडौं— वनमा लागेको डढेलो गाउँमा सल्कँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ। आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।

गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन्। वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ। आगलागीले करिब ४० घरमा क्षति पुर्‍याएको र आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरूको उपचार भइरहेको गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए। उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो। डढेलो भने आइतबार बिहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन।

Prabhu Bank

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ। रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन।

उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ। त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ। हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो। पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो। त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:०३
Weather Update