News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान भइरहेको छ। 

जम्मु र कश्मिरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको जनाइएको छ।

जम्मु र कश्मिर सहित २१ राज्य र केन्द्र शासित प्रदेशमा १०२ पदका लागि मतदान भैरहेको छ। सातौँ चरणमा सम्पन्न हुने अपेक्षा गरिएको लोकसभा निर्वाचनको पहिलो चरणको मतदान यतिन्जेल शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको भारतको निर्वाचन आयोगले जनाएको छ।
 
आज बिहान ७ बजे सुरु भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषदका ८ जना र तीन जना पूर्व मुख्यमन्त्रीसहित एकजना पूर्व राज्यपाल निर्वाचन प्रतिष्पर्धामा सहभागी छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:४९
Weather Update