News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं — सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख  ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको थियो। दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएका छन्।

Prabhu Bank

तौथलीनजिकै धारावतीमा बस सडकबाट करिब सय मिटर तल खसेको थियो। दुर्घटनामा दोलखा भीमेश्वरका मानबहादुर थामी र शिव श्रेष्ठको मृत्यु भएको र एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ। उनले केही यात्रु बीच बाटाबाट पनि थपिएकाले कति जन्ती थिए भनेर यकिन हुन नसकेको बताए। रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:२०
Weather Update