स्वास्थ्य
राष्ट्रपति पौडेललाई थप उपचार गर्न भारत लगिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ ।
मंगलबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लैजान लागिएको हो ।
टिचिङ अस्पतालका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । पौडेललाई भारतको एम्स अस्पतालमा उपचार गराइने राष्ट्रपति कार्यालय स्राेतले बताएकाे छ ।
उनलाई श्री एअरलाइन्समार्फत दिल्ली लैजाने तयारी गरिएको छ ।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन टिचिङमा भर्ना भएका थिए । पौडेलले त्यसको फलोअपका गरिरहेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० ०९:०६