News Griha :: न्यूजगृह
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी— म्याग्दीमा गएराति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बाग्लुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसँग ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाटको भनाइ छ ।

मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको रानाभाटले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०७:५८
Weather Update