सुनसरीको हरिनगर र देवानगन्जमा निषेधाज्ञा
काठमाडौं — सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको दुई वटा वडामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
हरिनगरका सवै वडामा र देवानगन्ज गाउँपालिकाको १ तथा ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो।
सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन उल्लेख छ।
सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो।
दुई समुहबीच बढेको विवादले उग्र रूप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १५:२२