News Griha :: न्यूजगृह
हत्या अभियोगमा पक्राउ परेका कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा

काठमाडौं — काठमाडौं कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमान्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरूको आधारमा अहिले नै घटनामा कालिबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो।

१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो। उनलाई बुधबार बिहान चितवन लगिएको थियो।

जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार खामको अभियोगका विषयमा बुधबार थुनछेक बहस भएको थियो। सर्वोच्च अदालतबाट बुधबार साँझ मिसिल झिकाएपछि खामको बयान लिइएको थियो। 

शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमान्डर रहेका बेला खामले कोटेश्वरका व्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए। डिभिजनमा नै कुटेर खामसहित लडाकुहरूले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:१०
Weather Update