News Griha :: न्यूजगृह
२ समुहबीचको झडप नियन्त्रणमा लिन सुनसरी प्रहरीले गोली चलायो

काठमाडौं — सुनसरीको भुटाहामा दुई समुहबीचको झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो।

प्रहरीले ११ राउन्ड अश्रुग्यास पनि प्रहार गरेको छ।

दुई समुहबीचमा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउन्ड हवाइ फायर गरिएको बताए।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते छन्। घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:५३
Weather Update