News Griha :: न्यूजगृह
प्रधानमन्त्रीद्वारा काठमाडौं–तराई/मधेस द्रुतमार्ग अवलोकन

काठमाडौं— निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अवलोकन गरेका छन् । 

राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो । हाल सो आयोजनाको निर्माण जारी छ । प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्य सचिव शङ्करदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता थियो ।

काठमाडौंलाई तराई/मधेशसँग जोड्ने सबैभन्दा छोटो दुरीको सो आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:२२
Weather Update