News Griha :: न्यूजगृह
मंगलबार हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेंडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३१ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टेमूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउसिमी ७० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ, कन्यच्याउ १४० रुपैयाँ, डल्लेच्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

तोरीको साग ३० रुपैयाँ, परवर र न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियोप्याज ३० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ५० रुपैयाँ, लाम्चोभान्टा ३० रुपैयाँ, भिण्डी ५० रुपैयाँ केजी, सेतोमूला २० रुपैयाँ, रुखकटहर ६० रुपैयाँ, भुइँकटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका २५ रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

ताजा छडीमाछा २४० रुपैयाँ र बचुवामाछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरीमाछा ३०० रुपैयाँ र रहुमाछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:४१
Weather Update