News Griha :: न्यूजगृह
सफा हिमाल अभियान सैन्य टोली अन्नपूर्ण चुचुरोमा
फाइल तस्बिर ।

काठमाडौं— विश्वका अग्ला हिमाल सफा गर्न हिँडेको एक टोली सोमबार अन्नपूर्ण पहिलोको चुचुरोमा पुगेको छ । सफा हिमाल अभियान–२०२३ अन्तर्गत नेपाली सेनाको टोली हिमालको चुचुरोमा पुगेको हो ।

सरकारको राष्ट्रिय कार्यक्रम तथा प्रधानसेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशनमा उल्लेख भएबमोजिम प्रकृति र पर्यावरण संरक्षण कार्यलाई प्रभावकारी कार्यान्वयनको निम्ति सफा हिमाल अभियान थालिएको हो ।

सफा हिमाल अभियानमा सगरमाथा, ल्होत्से र अन्नपूर्णको आरोहण गर्ने योजनामा टोलीले अन्नपूर्ण आरोहण गरेको हो ।

नेपाली सेनाका अनुसार सहसेनानी भीमबहादुर भुजेल तथा बेशक्याम्प म्यानेजर सेनानी गजेन्द्र देउवाको सहयोग र समन्वयमा सहसेनानी सुमन पाण्डे, प्युठ मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ्ग जाङ्गबो शेर्पा र अन्य पाँच जना शेर्पा सहयोगी टोलीले सफल आरोहण गरे ।

टोलीले ती हिमालको बेशक्याम्पमा पुगेर फोहोर संकलन गरेको  छ । 

safa himal, army1681744331.jpeg

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २०:५५
Weather Update