बाजुरामा भूकम्पको धक्का

बाजुरा— बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ ।
बडिमालिकामा केन्द्रविन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रविन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
गत १० माघपछि बाजुरामा पटक–पटक भूकम्प जाने गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० २०:४१