यी दिनमा कर्णाली सरकारले बिदा दिने

सुर्खेत— कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा लागु हुने गरी विभिन्न मितिमा ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार प्रदेश राजपत्रमा एक सूचना जारी गर्दै बिदाकाे जानकारी दिएको हो ।
प्रकाशित सूचना अनुसार जुम्लाबाहेक नौ जिल्लामा १५ असार तथा जुम्लामा १२ चैतमा राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिइने छ ।
साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, ४ भदौमा प्रदेश स्थापना तथा शहीद दिवस, चैतै दसैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभर नै बिदा दिने भएको हो ।
असोज कृष्ण त्रयोदशीमा जुम्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेलाको अवसरमा बिदा दिइने छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १८:३३