बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु
काठमाडौं— दाङको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका- ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाति कृष्णको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
घर अगाडि खेलिरहेका नाति कृष्णलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा दिलसरा र हजुरबुबा गोरखबहादुरलाई पनि करेन्ट लागेको थियो।
करेन्ट लागेर तीनैजना गम्भीर घाइते भएका दिलसरा र कृष्णको लमही अस्पतालमा र गोरखबहादुरको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
प्रकाशित मिति: शनिबार, चैत १०, २०८० २०:२६