बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए खुवाइने

काठमाडौं । सरकारले यही ६ र ७ (बुधबार र बिहीबार) वैशाखमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।
सरकारले हरेक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दूरी काम गरी अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० १९:०३