News Griha :: न्यूजगृह
बालकोटमा ढलमा पुरिए दुई जना, सेनाले उद्धार गर्दै

काठमाडौं— भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

उनीहरूको उद्धारकार्य जारी रहेको छ । उद्धारमा नेपाली सेना र प्रहरी खटिएका छन् । उनीहरूको पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने तयारी छ । ढलमा पुरिएकाे कारण खुल्न सकेको छैन । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १८:३१
Weather Update