News Griha :: न्यूजगृह
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पाैडेलले दिए स्वीकृति

काठमाडौं— आगामी आइतबार हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा १० वैशाखमा हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ ।’

आइतबार (१० वैशाख) बारा–२ , तनहुँ–१ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ । 

sena rastrapati1681648341.jpg

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १८:१६
Weather Update