काठमाडौं प्रदूषित शहरको चौथो स्थानमा

काठमाडौं— काठमाडौं प्रदूषित शहरको चौथो सूचीमा रहेको छ । हावाको प्रदूषण मापन गर्ने एअर भीजूअल सूचक आइक्यू एअरले नेपालको काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको चौथो स्थानमा राखेको छ ।
एक्यूआई १५० माथि भएमा अस्वस्थकर मानिन्छ । एक्यूआई ३०० बढी हुनु निकै घातक हुन्छ । अहिले काठमाडौंको एक्यूआई १८५ छ ।
पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ शहर रहेको छ । हाल च्याङमाइको एक्यूआई २३० छ । दोस्रो स्थानमा बंगलादेशको ढाका शहर छ । तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौमा थाइल्याण्डको बैंकक शहर रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०९:०४