News Griha :: न्यूजगृह
सेती खोँचमा खसेकी बालिकाको मृत्यु

पोखरा— सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरिए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । 

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरूसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खसेकी थिइन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २१:१३
Weather Update