News Griha :: न्यूजगृह
रौतहटमा गोली चल्दा एकको मृत्यु, चार घाइते

रौतहट— रौतहटको गढीमाइ नगरपालिकामा सडकसम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

गोली लागेर गढीमाइ नगरपालिका–८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चारजना घाइतेको उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप भएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २०:५७
Weather Update